गगन थापा भाद्र २४ गते हेटौंडा आउने

स्वर्णिम खबर
२१ भाद्र २०८२, शनिबार १६:३७

२१ भाद्र, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भाद्र २४ गते हेटौंडा आउनुहुने भएको छ ।
१ सय १२ औं वीपी ज्यन्ती दिवसको अवसरमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले महामन्त्री थापा सँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरी बाट करिब दुई हजार कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो ।


त्यसैगरी कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभई सन्देशमुलक हुने जानकारी दिनुभयो । कार्यक्रममा महामन्त्री थापाले समसामयकि परिस्थितिको साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र आसन्न भारत भ्रमणको विषयमा धारणा राख्नुहुने र कोषाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रका चुनौती र सम्भावना बारे धारणा राख्ने सभापति लामाले बताउनुभयो ।
भेलामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित मन्त्रीहरुको पनि उपस्थिति रहने बताइएको छ । पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, र कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*