बागमतीका नवनियुक्त ५ मन्त्रीले शपथ लिए, मन्त्रीपरिषद्ले पूर्णता पायो

स्वर्णिम खबर
३१ श्रावण २०८२, शुक्रबार १७:२२

३० श्रावण, हेटौँडा । पाँच जना मन्त्री नियुक्त भएसंगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।
शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका ५ जना सांसद्लाई मन्त्री नियुक्त गरेसंगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।
नवनियुक्त ५ जना मन्त्रीले शुक्रबार नै पद तथा गोपनियताको शपथ समेत ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराउनुभएको हो ।
मुख्यमन्त्री बानियाँको सिफारिमा सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन । यसअघि विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
श्रावण २० गते नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*