शिक्षा विधेयक पारित गर्न अहिलेको व्यवस्था परिवर्तन गर्न पर्दैनः अध्यक्ष दाहाल
२२ श्रावण, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयक पारित गर्न र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अहिलेको व्यवस्था परिवर्तन गर्न नपर्ने टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार जनताको काम गर्नका निम्ति नबनेको आरोप लगाउनु भयो । अध्यक्ष दाहालले विद्यालय शिक्षा छिटो पारित गर्न र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभयो । यि दुई काम सरकारले गरे शिक्षाको क्षेत्रमा सरकारले काम गरेको ठहर हुने उहाँले जिकिर गर्नुभयो ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिक रुपमा पदमा बस्ने अधिकार नरहेको बताउँदै राजीनामा दिएर नै राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नसक्ने उहाँको भनाई छ । कुलिङ पिरियडमा भएको छेडखानीको नैतिक जिम्मेवारी संसदका २७५ जना सांसदहरुले नै लिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।













