समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला भयोः सभापति देउवा
११ श्रावण, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै गएको समय रहेको बताउनु भयो । सभापति देउवाले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने बताउनुभयो ।
कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि उहाँको भनाई छ । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभइ अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो । सभापति देउवाले सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको बताउनुभयो । प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको समेत उहाँले उल्लेख गर्नुभयो ।
सभापति देउवाले नेपाली काँग्रेस सधैँ नवप्रवर्तन, इनोभेसन प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको बताउनुभयो ।













