आयुर्वेद सेवाको विकास प्रदेश सरकारको प्राथमिकतामाः मन्त्री थापा

स्वर्णिम खबर
२९ असार २०८२, आईतवार १२:३९

२९ असार, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आयुर्वेदलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नवनिर्मित साढे २ तले भवनको आइतबार उद्घाटन गर्नुहुँदै मन्त्री थापाले आयुर्वेद सेवाको विकासको लागि प्रदेशका विभिन्न ठाउँमा भवनहरु बनाउने र सेवालाई व्यवस्थित गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
७ वटै प्रदेश मध्ये सबैभन्दा व्यवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा बागमती प्रदेशमा रहेको उहाँको भनाई छ । चितवन र नुवाकोटमा आयुर्वेदको अन्तरंग सेवा सुरु भइसकेको जानकारी दिनुहुँदै मन्त्री थापाले मकवानपुरमा पनि अन्तरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।


असोज महिनासम्म सरकारले निःशुल्क दिँदै आएको २३ प्रकारको आयुर्वेदिक औषधी मध्ये प्रदेश सरकारले २१ प्रकारको औषधी वितरण गर्ने गरी काम अगाडि बढाएको समेत मन्त्री थापाले बताउनुभयो ।
मन्त्री थापाले प्रदेश राजधानीलाई स्वास्थ्य क्षेत्रको हब बनाउनु सरकारको प्रमुख उद्देश्य भएको बताउनुभयो । विगतमा जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालमा अहिले उल्लेख्य सुधार भएको उहाँले दाबी गर्नुभयो ।
उहाँका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत अस्पताल आएपछि ३ सय शैंया बेडको सेवा सहित विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान भइरहेको छ । निकट भविष्यमै हेटौंडा अस्पतालमा ५ सय बेडको सेवा सञ्चालन हुने समेत मन्त्री थापाले जानकारी दिनुभयो ।


मन्त्री थापाले पछिल्लो समय एन्टीबायोटिक औषधीको कारण साइट इफेक्ट देखापरेको बताउनुभयो । युरिका पिण्डेश्वरी  जेभीले करसहित ७ करोड ५३ लाख रुपैंया लागतमा भवन निर्माण गरेको हो । १६ शैंया बेडको सेवा सञ्चालनको लागि स्वीकृति पाएको यस चिकित्सालयले हाल फार्मेसी सेवा, पूर्वकर्म पञ्चकर्म सेवा, निःशुल्क फिजियोथेरापी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*