राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक

स्वर्णिम खबर
२७ असार २०८२, शुक्रबार १४:२६

२७ असार, काठमाडौँ । राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताउनुभयो । उहाँले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहररुलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभएको छ । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने उहाँको भनाई छ ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको बताउनुभयो ।
जनसंख्या नीति अनुसार प्रजनन दर प्रतिष्थापन तह भन्दा तल रहेको छ । प्रजनन दर प्रतिष्थापन तह भन्दा २.१ हुनुपर्नेमा १.९३ रहेको छ । त्यस्तै ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत रहेको छ भने १५—५९ वर्ष उमेर समूहको जनसंख्या ६१.९ प्रतिशत रहेको छ । त्यस्तै जन्मका क्रममा लैङ्गिक अनुपात प्रत्येक सय बालिकाको जन्ममा ११४ बालकको जन्म रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*