संसद चल्न दिन माओवादीलाई सांसद्को निधिको आग्रह

स्वर्णिम खबर
२६ जेष्ठ २०८२, आईतवार १५:२०

२५ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्नुभएको छ ।
आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताउनुभयो । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन उहाँले आग्रह गर्नुभयो । सांसद् निधिले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको बताउनु भयो ।
उहाँले राजा फर्काउने कुरा निरर्थक रहेको बताउनु भयो । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिनुभएको बताउनु भयो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*