बजेटले आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको अर्थमन्त्री पौडेलको दाबी

स्वर्णिम खबर
१७ जेष्ठ २०८२, शुक्रबार १८:१३

१६ जेठ, काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटले आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको दाबी गर्नुभएको छ ।
शुक्रवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले पुँजीगत खर्चको विनियोजन बढाइएको छ भने चालु खर्चलाई सीमाभित्र राखिएको बताउनुभयो । अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको, राजश्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशत राखिएको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्बले आन्तरिक ऋण कम प्रश्ताव गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको छ । मन्त्री पौडेलले बजेट कार्यान्वयन योजनाअनुसार आयोजना व्यवस्थापनको क्षमता बढाइने बताउनु भयो । उहाँले समयमै दरबन्दी पदपूर्ति गर्नेगरी साउन मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था मिलाएको, नीतिगत सुधार र बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयको अग्रसरता लिने, शिघ्र निर्णय र अन्तरनिकाय समन्वय गर्ने बताउनु भयो ।
अर्थमन्त्री पौडेलका अनुसार यसपटक २५ करोडभन्दा बढिका आयोजनाको राष्ट्रिय ड्यासवोर्डबाट अनुगमन गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*