८ जना स्रष्टा सम्मानित

स्वर्णिम खबर
११ जेष्ठ २०८२, शनिबार १७:२४

१० जेठ, हेटौँडा । साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गरेको छ ।
३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रमको बीच विभिन्न विधाका उत्कृष्ट ८ जना स्रष्टालाई सम्मान गरेको हो ।
मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ ।
१५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुनुभएको छ ।
त्यसैगरी ११ हजार १ सय रुपैंया नगद राशीको विनोद सुनिता सुवेदी सम्मान २०८१ रामकुमार एलनलाई प्रदान गरिएको छ ।
१० हजार राशीको दिपक मुडभरी स्मृति सम्मान २०८१ बाट समिर पाख्रिनलाई सम्मानित गरिएको छ । त्यस्तै मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट वबि थापा नगद राशी १० हजार सहित सम्मानित हुनुभएको छ ।
मुक्तितारा सम्मान २०८१ यश लामालाई समर्पित गरिएको छ । उक्त पुरस्कारको राशी नगद १० हजार रहेको छ । यसैगरी १० हजार राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गरिएको छ ।
साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट नगद राशि रु २५ हजार १ रुपैंया सहित अभय श्रेष्ठलाई सम्मान गरिएको छ ।


साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता एवम् संगम मकवानपुरका संस्थापकसदस्य डा.केशव श्रेष्ठ ज्योतिको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । उत्सवको अवसरमा सपना र सम्भावनाःसिर्जनामा नयाँ पुस्ता, कविताःयुगको प्रतिबिम्बनको विषयमा प्यानल डिस्कसन समेत भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नंं. वडा अध्यक्ष नविन सिग्देल, मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरु निमेश निखिल, तुलसी घिमिरे, सुवास खनाल लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*