खेलाडीको सम्मानमा “मेरो एक्सको छम्मा, पैैसासैसा चैट”
४ जेठ, हेटौँडा । देशका लागि खेलेर पदक ल्याई नेपाललाई विश्व सामु चिनाएका राष्ट्रका गहना खेलाडीलाई सम्मान गर्न बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको बागमती प्रदेश खेलकुद अवार्ड कार्यक्रम अब्यवस्थित तरिकाबाट सञ्चालन हुँदा भद्दा मजाक देखिएको छ ।
खेलाडीको सम्मानमा आयोजित कार्यक्रमलाई मन्त्रालयले ब्यवस्थापन गर्न नसेकेको भन्दै सर्बत्र आलोचना भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री प्रमुख अतिथी रहनुभएको कार्यक्रममा देखिएको बेथितीको चर्चा अहिले हेटौँडामा भईरहेको छ । सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा असिष्ट शैलीका हिन्दी गीतका नृत्य प्रस्तुतीले सुनमा सुगन्ध होइन पवित्र मानिने गाईको गोबरमा मानब मलमुत्र मिसाए झै दुर्गन्ध थपेको आभाष भएको भन्दै हेटौँडाका सर्वसाधारण कुरा गरिरहेका छन् । हेटाँैडाको हुप्रचौरमा मध्यरातमा आयोजित अवार्ड वितरण कार्यक्रममा गायिका सिर्जना खत्रीले “मेरो एक्सको छम्मा, पैैसासैसा चैट” गीत गाएझै कार्यक्रमको फजुल खर्चले बागमती प्रदेशका जनताले तिरेको करबाट उठेको राजस्व चैट बनाएको चर्चा समेत चलीरहेको छ । अग्लो मन्चको ठीक मुनी भागमा सोफामा बसेका बागमती प्रदेश सरकारका मन्त्रीहरु
कलाकारका नृत्य प्रस्तुती नियालीरहेका थिए । सेतो सारी चोलीमा नाचीरहेकी नृत्यङ्गनाको भित्री बस्त्र र हिन्दी गीतले युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनलाई लाज लागेछ, उनले तत्काल म्युजिक बन्द गराएर बीचमै रोके । अनी सुरु भयो राष्ट्रिय गानबाट १३ विधामा राष्ट्रका लागि पदक ल्याउने खेलाडीहरुलाई अबार्ड वितरण कार्यक्रम । एथलेक्टीक्स लाईफ टाईम एचीभमेन्ट अबार्ड जीत बहादुर केसीले हात पारे । कराँते तर्फ एरिका गुरुङ उत्कृष्ट महिला खेलाडीको अबार्ड जितीन् । खोखोमा राजन बलले उत्कृष्ट पुरुष खेलाडीको अबार्ड हात पारे । उत्कृष्ट प्रशिक्षकमा कबिराज नेगी, उत्कृष्ट पत्रकार श्याम चित्रकार, फुटबल तर्फ लोकप्रीय खेलाडी आयुष घलान, भलिबलमा लोकप्रीय खेलाडी सलिना श्रेष्ठ, एथलेक्टीसमा लोकप्रीय खेलाडीको उपाधि सन्तोषी श्रेष्ठले जीतीन् । बागमतीको सान संगिना बैध, उत्कृष्ट पारा तेक्वान्दो पलेशा गोर्बधन, गल्फ युवा खेलाडीको अबार्ड सद्भाव आचार्यले हात पारे । उत्कृष्ट जिल्ला खेलकुद विकास समितिको अध्यक्षको अबार्ड बिनोद महर्जनले जिते ।













