आँचलले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

स्वर्णिम खबर
२१ बैशाख २०८२, आईतवार १८:२५

२१ वैशाख, हेटौँडा । साहित्यकार पारिजातको स्मृति दिवसको अवसर पारेर ‘आँचल साहित्य कला पुञ्ज’ मकवानपुरले विविध साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बैशाख २६ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हुने कार्यक्रम हेटौंडा १० स्थित दर्शन पार्टी प्यालेसमा हुने बताइएको छ । पुञ्जको आयोजनामा वक्तृत्वकला, पारिजातको कृतिमाथि विमर्श, रचना वाचन तथा सास्कृतिक कार्यक्रम तय भएको आँचलमकवानपुरकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो ।
वैशाख २० गते सम्पन्न खुल्ला वक्तृत्वकला प्रतियोगिताबाट छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीले समृद्ध गणतन्त्रका आधारहरु विषयमा आफ्नो वाककला प्रस्तूत गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने सहभागीलाई क्रमशः दश हजार, सात हजार, चारहजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, साहित्यकार, प्राध्यापक तथा समालोचक घनश्याम घिमिरेले पारिजातको व्यक्तित्व र कृतित्वमाथि विमर्श गनर्हुनेछ । कार्यक्रममा स्थानीय साहित्य सर्जकद्धारा रचना वाचनका साथै विविध साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष सापकोटाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाले ५५ लाख रुपैयाँ लगानीमा बसपार्कमा पारिजात सिटी क्लक (घन्टाघर) निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । पारिजातको स्मृति दिवस वैशाख ५ गते मनाइने गरिएको छ । विविध कारणले उक्त दिन कार्यक्रम हुन नसकेकोले २६ गतेलाई कार्यक्रम राखिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*