५ किलो ९४० ग्राम अफिमसहित चितवनका बाबुराम पक्राउ

स्वर्णिम खबर
७ बैशाख २०८२, आईतवार १८:२७

७ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले करिब ५ किलो ९४० ग्राम अफिमसहित हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका– ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।
तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १९ नेवारपानीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८८७ नम्बरको यात्रुवाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो ।
तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा ५ किलो ९४० ग्राम अफिम फेला परेको उहाँले बताउनुभयो ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाई छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले गएराति लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्रका वर्षीय विशाल सार्की रहेका छन् ।
राति अन्दाजी ७ः३० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले पूर्व पश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत हेटौंडा–१५ पिपलबोटमा सवारी चेकजाँच गर्ने क्रममा ना ६३ प ४८७ नम्बरको मोटरसाइकल चालक सार्कीको साथबाट ३ ग्राम लागूऔषध खैरो हिरोइन फेला पारेको हो ।
सार्कीले मोटरसाइकलको अगाडीको चक्कामा कभर राखि उक्त कभरभित्र प्लाष्टिकमा लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सार्की प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, बिलबिजक नभएको ठूलो परिमाणको लत्ताकपडा सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौडा–४ कर्राचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा बा.प्र.०३–००१ ज १०५७ नम्बरको इभी गाडी चेकजाँच गर्दा बिलबिजक नभएको करिब तीन लाख रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*