५२ किलो गाँजा सहित मनहरीका मुक्तान पक्राउ

स्वर्णिम खबर
४ बैशाख २०८२, बिहीबार १६:०४

४ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँवस्तीबका ५० वर्षीय बाबुराम मुक्तान रहेका छन् । नयाँवस्ती स्थित ब्रमादेवी सामूदायिक वनभित्र पैदल हिडिरहेका उनलाई विशेष सूचनाको आधारमा प्रहरीले गाँजासहित फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । उनी रुपाचुरीबाट नयाँबस्तीतर्फ गाँजाको भारी बोकी पैदल आउदै थिए ।
सुनाचुरी बस्ने मुक्तानलाइ नियन्त्रणमा लिइ लागुऔषध कसुर मुुद्धामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*