रवि लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका छैनः नेता कोइराला

स्वर्णिम खबर
१० फाल्गुन २०८१, शनिबार १३:४१

१० फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताउनु भयो । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उहाँको भनाई छ ।
सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पु¥याइएको घटनाप्रति आपत्ति जनाउँदै नेता कोइरालाले सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताउनुभयो । उहाँले सुरक्षा चुनौति भए किन चितवन लगेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गर्नुभयो ।
नेता कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाउनु भयो । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई उहाँले दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने उहाँको भनाई छ ।
नेता कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*