एनपिएलको फाइनलमा सुदुरपश्चिम र जनकपुर भिड्ने

स्वर्णिम खबर
४ पुष २०८१, बिहीबार १७:२४

४ पुस, काठमाडौँ । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।
बिहीबार भएको दोश्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित पार्दै जनकपुरले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।
कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
यसअघि बुधबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततः फाइनलका प्रतिस्पर्धी भएका हुन् । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो । फाइनल खेल शनिबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*