विश्व बजारमा प्रतिस्पर्धा गर्नु अहिलेको चुनौतीः मुख्यमन्त्री लामा
९ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्व बजारमा प्रतिस्पर्धा गर्नु अहिलेको चुनौती रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री लामाले युवा पलायनलाई रोक्न सकेमात्र विश्व बजारमा बढिरहेको चुनौतीको सामना गर्न सक्ने बताउनुभयो । हेटौंडामा आइतबार भएको १० औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले युवा शक्तिको पलायनलाई रोक्न देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
देशमा उद्योग धन्दालाई संरक्षण गरेमा रोजगारी अवसरको सिर्जना हुने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले नयाँ उद्योगहरु सञ्चालन गर्न लगानीकर्ताहरुलाई सुरक्षाको अनुभुति दिनुपर्ने बताउनुभयो । उद्योग र उद्योगीहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग क्षेत्रको विकासको लागि प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गर्नेे तयारीमा सरकार रहेको बताउनुभयो । प्रदेशको उद्योग तथा वाणिज्य नीति बनाउन नीति संवाद सुरु भइसकेको उहाँले बताउनुभयो । मन्त्री तामाङले स्थानीय बजार र उत्पादनलाई प्रोत्साहन गरे अन्र्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, १३ वटै जिल्लाका उद्यमीहरु ल्गायतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा मन्त्रालयको परिसरमा उत्कृष्ट उद्यमीहरुको स्टलहरु समेत राखिएको थियो ।