एएफससी च्यालेन्ज लिग प्लेअफमा पारोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजको विश्वास

स्वर्णिम खबर
२५ श्रावण २०८१, शुक्रबार १८:११

२५ श्रावण, काठमाडौँ । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ ।
चर्च ब्वाइजले आगामी साउन २९ गते घरेलु मैदान दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन । अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै चर्च ब्वाइजका प्रशिक्षक मर्हजनले आफ्नो टोलीले प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताउनु भयो ।
उहाँले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लवमा आवद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भइरहेको उल्लेख गर्नुभयो । आफ्नो टिमप्रति सन्तुष्ट रहेको र लामो समयदेखि सँगै खेलेका खेलाडी एउटै टोलीबाट खेल्दा राम्रो हुने उहाँको आशा छ । उहाँले छोटो तयारीका बाबजुद आफ्नो टोलीले तयारी राम्रो गरिरहेको पनि बताउनु भयो ।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लव अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा नेपालको क्लव मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी थियो ।
यद्यपि, यस पटक एएफसीले प्रारम्भिक चरणमा जतिपनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ । उहाँले पारोले अधिकांश विदेशी खेलाडी राखेको उल्लेख गर्नुभयो । यद्यपि, आफ्नो क्लवमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको महर्जनको आशा छ । घरेलु मैदान, लामो समयसम्म खेलिरहेका खेलाडीले पनि राम्रो नतिजा दिने र आगामी चरणमा प्रशिक्षक महर्जन बताउनु हुन्छ ।
राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दैछ । टोलीमा तामाङ सहित एरिक विष्ट (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनिषकुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन् । पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्पm दुई र भिआइपीतर्पm पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लवले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*