घरेलु मैदानमै भएको प्रतियोगिताको उपाधि जित्न चुक्यो नेपाल
२३ श्रावण, हेटौँडा । नेपालले घरेलु मैदानमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भएको हो । यससँगै नेपालले सन् २०१९ मा घरेलु मैदानमा नै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदको फाइनलमा व्यहोरेको हारको बदला लिने अवसर पनि गुमायो । यसअघि यसै प्रतियोगिताको लिगमा भारतमाथि ३–२ को ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने असफल रह्यो । नेपाल फाइनलमा भारतसंग २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले पराजित हुन पुग्यो । दुई पटक सेटको अग्रता जोगाउन नसक्दा दबाबमा परेको नेपालले खेल नै गुमायो ।
बुधवार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६ र २५–१७ को सोझो सेटमा हरायो ।













