सांसद सिंहद्वारा हेटौंडा सामुदायिक आँखा अस्पताललाई आर्थिक सहयोग

२२ श्रावण, हेटौँडा । मकवानपुर क्षेत्र नं. १ का सांसद एवं पुर्वाधार विकास समितीका सभापति दीपक बहादुर सिंहले आफ्नो एक वर्षको तलब रकममा थप गरी हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।
मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक मार्फत सांसद सिंहले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।
सांसद सिंहले एक वर्षको तलब बराबर ६ लाख १२ हजारमा आफुले ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई सहयोग गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति सिंहले आफुले निर्वाचनका बेला जनतासंग गरेको बाचा अहिले पुरा पुरा गरेको बताउनुभयो । उहाँले आफुलाई जनताले गरेको विश्वास र योगदानलाई सम्झिएर गरिब, दुःखी जनताको हितका लागि सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले निकट भविष्यमा पनि आँखा अस्पताललाई सहयोग गर्न आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
यसैगरी कार्यक्रममा डा. रुइतले सांसद सिंहको सहयोगलाई सिमान्तकृत जनताको सेवामा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखाका अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।