रिद्धिसिद्धिको ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

स्वर्णिम खबर
१२ श्रावण २०८१, शनिबार १७:१९

१२ श्रावण, हेटौँडा । रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी रिद्धिसिद्धि सिमेन्टले गत वर्षको एसईई परीक्षमा ३.५ जीपीएदेखि ४ जीपीएसम्म नतिजा ल्याएका विद्यार्थी मध्येबाट छनोट गरी १५ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । असार २९ गते पिप्ले रंगशालामा ३ ओटा विधामा संचालित परिक्षाबाट १५ जना विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरेको हो । रिद्धिसिद्धिले तोकेको मापदण्ड पुरा गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा नवोदय शिशु सदनका अदिस लम्सालले ८५.४८ अंक ल्याएर प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर ८३.०८ अंक ल्याएर दोस्रो र आधुनिक राष्ट्रिय माविका ललेन्द्र कु्मा शाह ८२.९१ अंक ल्याएर तेस्रो हुन सफल भएका छन् ।
पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार ५ सय रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार ५ सय रुपैयाँ साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रूपमा एक हजार ५ सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने र उक्त रकम सम्बन्धित विद्यार्थीको खातामा पठाउने व्यवस्था गरेको जनाएको छ । आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
गत सालमा आयोजना गरिएको छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*