काभा वुमन्स नेसन्स भलिबल लिगको खेल तालिका सार्वजनिक

स्वर्णिम खबर
११ श्रावण २०८१, शुक्रबार १७:२२

११ श्रावण, काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाबिरुद्ध चुनौती प्रश्तुत गर्ने भएको छ ।
नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजना मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो । आगामी साउन १७ गतेदेखि शुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ । शुक्रवार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी पनि सार्वजनिक भएको छ ।
सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबीच प्रतिष्पर्धा हुनेछ । नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानबिरुद्ध प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*