बिषालु च्याउ खादा मकवानपुरमा एक जनाको मृत्यु, ४ जना बिरामी

९ असार, हेटौँडा । बिषालु च्याउ खादा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना बिरामी परेका छन् ।
मकवानपुरको राक्सिराङ गाउपालिका ७ दुगुवाङ बस्ने बल बहादुर प्रजाले जङगलबाट ल्याएको च्याउ आइतबार बिहान पकाएर खादा गम्भिर बिरामी परेका थिए । उनको चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । परिवारका अन्य ४ जना विरामीको उपचार जारी छ ।
विरामी पर्नेमा ५५ बर्षका बल बहादुर प्रजा, निजकी श्रीमती बर्ष ४५ की जालिमाया प्रजा, छोरीहरु बर्ष १५ की रेन्जु प्रजा, बर्ष ८ की सविना प्रजा र छोरा बर्ष १० का सुशल प्रजा रहेका छ्न । प्रहरीका अनुसार उनीहरु सबैको अवस्था खतरा मुक्त रहेको छ ।