बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

आरती ढकाल
२ असार २०८१, शनिबार २२:०१

१ असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत वर्षको भन्दा २ अर्ब बढाएर बजेट ल्याउनुभएको हो । गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याइएको छ भने पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कुल बजेटमा चालुतर्फ ४० दशमलब ४४ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलब २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ दशमलब ३२ प्रतिशत बजेट छुट्याएको छ ।

बजेटको पूर्णपाठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*