स्थापना दिवसको अवसरमा हेटौंडा अस्पताल सरसफाई

स्वर्णिम खबर
१७ बैशाख २०८१, सोमबार १४:३४

१७ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल १४ नं गण हेड क्वार्टर मकवानपुरले १४ औँ स्थापना दिवसको अवसरमा हेटौंडा अस्पताल सरसफाई गरेको छ ।
साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन अस्पताल परिसर सरसफाई गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरीका टोलीले सरसफाइ गरेका हुन् ।
सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व वहन गर्दै सर्वसाधारण उपचारका लागि आउने अस्पताल सरसफाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण हेड क्वार्टर माकवानपुरका निमित्त प्रमुख चिरञ्जीवि प्रसाईँले बताउनुभयो ।
अस्पताल परिसर, पार्कंङ क्षेत्र लगायतका स्थान सरसफाई गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाल, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीधर अर्याल, हेटौंडा उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*