उपदानको रकम नपाएको भन्दै हेटौंडा सिमेन्टका पूर्व कर्मचारीद्वारा मुल गेटमै धर्ना

स्वर्णिम खबर
१३ बैशाख २०८१, बिहीबार १६:५५

१३ वैशाख, हेटौँडा । हेटौँडा सिमेन्टबाट अवकाश पाएका २७ जना कर्मचारी उद्योगको मुल गेटमै धर्नामा बसेका छन् ।
अवकाश पाएको ३५ दिनभित्र उपदान र औषधि उपचार खर्च रकम भुक्तानी पाउनुपर्ने कानूनी ब्यबस्था भएपनि उद्योग प्रशासनले उपदान रकम भुक्तानी दिन वेवास्ता गरेको अवकाश प्राप्त कर्मचारीहरुको गुनासो छ । उद्योगले २७ जना कर्मचारीको उपदान र औषधि उपचार खर्चवापत बापत भुक्तानी गर्नुपर्ने १८ करोड रुपैयाँ उपलब्ध गराउन सकेको छैन । अवकाश लिएकामध्ये हेटौंडा–१३ पदमपोखरीका निङ्मा दोर्जे लामाको मृत्यु भइसकेको छ । उनका छोरा छेवाङ सिन्तान लामा आन्दोलनमा सहभागी छन् ।


अबकास प्राप्त कर्मचारीहरुले गत चैत १५ गतेबाट बिहान ९ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर नियमित धर्ना दिंदै आएका छन् । वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने अवकास प्राप्त पिडित कर्मचारी संघर्ष समितिका संयोजक एकाबहादुर डंगोलले बताउनुभयो ।
उपदान रकम नपाएका पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*