सिमेन्ट उत्पादनका लागि प्लाष्टिक बालेको भन्दै स्थानीयद्वारा शिवमको मुल गेटमै धर्ना

स्वर्णिम खबर
१३ बैशाख २०८१, बिहीबार १४:०८

१३ वैशाख, हेटौँडा । सिमेन्ट उत्पादन गर्न प्लाष्टिकको प्रयोग गरिएको भन्दै हेटौंडा १७ स्थित शिवम् सिमेन्ट उद्योगमा स्थानीयले धर्ना दिएका छन् ।
शिवमले सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर हुने गरि ईन्धनको रूपमा प्लास्टिक बालेको भन्दै मुलगेटमा धर्ना दिएका हुन । सिमेन्ट उत्पादनका लागि कोइला बाल्नुपर्नेमा प्लाष्टिक बालेपछि स्थानीय आक्रोशित बनेका हुन् । गएराती देखि नै हेटौंडा–१७ का स्थानीयको बिरोध गरेपछि उद्योग प्रशासनले मूलगेटमा आफैले तालाबन्दी गरेको छ ।
स्वास्थ्यमा प्रतिकुल असर गर्ने प्लाष्टिकजन्य पदार्थ उधोग परिसरमा बालेर स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पारेकाले उधारो बन्द गरेर मात्रै बार्तामा बस्ने हेटौडा १७ का वडा अध्यक्ष उद्वव सत्यालले बताउनुभयो । शिवम सिमेन्टले खानी प्रभावित क्षेत्रका बासिन्दाहरुलाइ समेत बेलाबेलामा दुख दिने गरेको स्थानीयको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*