पानी पर्ने जनविश्वासले हेटौंडा १६ मा स्थानीयले भ्यागुताको विवाह गराए

स्वर्णिम खबर
१२ बैशाख २०८१, बुधबार १७:३९

१२ वैशाख, हेटौँडा । पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका वडा नं. १६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन् ।
आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन् । पानी नपरेर खडेरी लाग्दा अन्नबाली समेत लगाउन समस्या भएकोले धार्मिक जनविश्वास अनुसार भ्यागुताको विवाह गराएको १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनु भयो । भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना भन्दा बढी सहभागी रहेका थिए ।
हेटौँडा–१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो । विवाह कार्यक्रममा महिलाको टोलीले पञ्चेबाजा बजाउनुका साथै नाचगान समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*