हेटौंडा अस्पतालमा रेबिज विरुद्धको खोपको अभाव

स्वर्णिम खबर
११ बैशाख २०८१, मंगलवार १८:४९

११ वैशाख, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा रेबिज विरुद्धको खोपको अभाव भएको छ ।
अस्पतालमा खोप लगाउन पुगेका बिरामी खोप नपाएपछि आक्रोसित बनेका थिए । पहिलो र दोस्रो डोज लगाएर तेस्रो डोज लगाउन पुगेका विरामीलाई अस्पतालले खोप सकिएको जानकारी दिएपछि उनीहरु आक्रोशित बनेका हुन् । समयमा नै जानकारी नगराएको भन्दै विरामीले असन्तुष्टि पोखे । केहीबेर हेटौंडा अस्पताल परिसर तनावग्रस्त समेत बनेको थियो ।


अस्पतालले खोप अभावको कारण देखाउँदै निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने सूचना टाँस गरेको छ । चैत २७ गतेदेखि नै अस्पतालमा खोप सकिएको मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले बताउनुभयो । अस्पताल प्रशासनले १ सय ७७ भाइल खोप अस्पताल आफैले उपलब्ध गराएर सेवा दिएपनि हाललाई भने त्यो पनि सम्भव नभएको उहाँको भनाई छ ।


अस्पतालले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पठाइदिन आग्रह गर्दै पत्राचार गरेको तर केन्द्रमा पनि खोप अभावको जानकारी पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक ७० देखि ८० भाइल खोप आवश्यक छ । रेबिज बिरुद्ध लगाइने इन्मो ग्लोबिन भ्याक्सिन पनि केही मात्रामा मात्रै मौज्दात रहेको रेबिज खोप विरुद्धको फोकल पर्सन सावित्रा ढकालले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*