१ सय ३० किलो गाँजासहित ७ जना पक्राउ

स्वर्णिम खबर
५ बैशाख २०८१, बुधबार १५:५६

५ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले १ सय ३० किलो १ सय ५० ग्राम गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति करिब १० बजेतिर मनहरी गाउँपालिका–४ स्थितबाट सात जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा राक्सिराङका १५ वर्षीय किशोर, १९ वर्षीय टिकाराम प्रजा, कैलाश गाउँपालिकाका २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरिकुमार प्रजा, २७ वर्षीय विरमान प्रजा, मनहरीका ४४ वर्षीय रामहरि लुइँटेल र ३६ वर्षीय दिपक थापा मगर छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*