बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर सुरु

स्वर्णिम खबर
२३ चैत्र २०८०, शुक्रबार १७:२५

२३ चैत्र, हेटौँडा । बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।
बि.पि. चिन्तन प्रतिष्ठान काठमाडौको आयोजना र नेपाल परिवार नियोजन संघ र निको अस्पताल प्रा.लि हेटौंडाको प्राविधिक सहयोग पालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविरको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै सहमहामन्त्री उपाध्यायले राज्यका हरेक तहले प्राणघातक दीर्घरोगको निशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
शनिबारसम्म चल्ने शिविरमा ९ जना विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरिरहेका छन् । पालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठान केन्द्रिय कोषाध्यक्ष एवं स्वास्थ्य शिविर संयोजक धुब्र बहादुर पाण्डे, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*