हेटौंडा अस्पताललाई ७ लाख बराबरको इसिजी मेसिन सहयोग

स्वर्णिम खबर
२० चैत्र २०८०, मंगलवार १७:२३

२० चैत्र, हेटौँडा । रोटरी क्लब अफ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई दुईवटा इसिजी मेसिन सहयोग गरेको छ ।
मंगलबार ७ लाख बराबरको इसिजी मेसिन सहयोग स्वरुप रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुलीले हेटौंडा अस्पतालका निमित्त निर्देशक श्रीधर अर्याललाई हस्तान्तरण गर्नुभएको हो । मेसिनरी सामान हस्तान्तरण गर्दै अध्यक्ष पराजुलीले अस्पतालाई उपलब्ध गराइएका सामग्री प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । यस अगाडी दिएका पोर्टेवल युएसजि मेसिन, ईसिजी मेसिन जनशक्ति व्यवस्थापन गरी छिट्टै प्रयोगमा ल्याउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका निमित्त निर्देशक डाक्टर अर्यालले मुटु रोगको उपचारका लागि यथाशीघ्र कार्डियो ओपीडी सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभयो । मुटु रोग सम्बन्धि चिकित्सक नभएको कारण मेसिनरी सामाग्री प्रयोगमा नआएको बताउदै उहाँले चिकित्सक ल्याउनमा सबैले पहल गर्न समेत अनुरोध गर्नुभयो ।
मेसिन हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, निर्वाचित अध्यक्ष अनिल अग्रवाल, प्रगति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्षहरु , मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*