विपी कोइरालाको जेल डायरी कृतिमाथि हेटौंडामा परिचर्चा

स्वर्णिम खबर
९ चैत्र २०८०, शुक्रबार १८:१९

९ चैत्र, हेटौँडा । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ‘जेल डायरी’ कृतिमाथि हेटौंंडामा परिचर्चा भएको छ ।
बी.पी विचार समाजको आयोजनामा शुक्रबार कोइरालाका जेल जीवनका टिपोट ‘जेल डायरी’ कृतिमाथि परिचर्चा गरिएको हो । विश्वेश्वर प्रसाद कोइरालाले २०१८ पौष १ देखि २०२२ कात्र्तिक २५ गतेसम्म जेल जिवनको समयमा लेख्नुभएको दैनिकीलाई लेखक शंकर तिवारीले सम्पादन गर्नुभएको हो । लेखक घनश्याम घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रममा सम्पादक तिवारीले ‘जेल डायरी’ सम्पादनका क्रममा कोइरालाद्वारा लेखिएका स्मरण डायरी ‘जेल जर्नल’कै भाषामा समदूरी कायम राखेको बताउनुभयो । आदर्श, निष्ठा, सिद्धान्त त्यागेर जेल बाहिर निश्क्रिय रहने नेता भन्दा जेल भित्रको बौद्धिक सक्रियता भएको नेता प्रेरणाको स्रोत हुने सम्पादक तिवारीले बताउनुभयो ।
कार्यक्रममा बिपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइराला, उपाध्यक्ष प्रदिप कोइराला, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, पुर्व जिल्ला सभापतिद्धय रामचन्द्र अर्याल माइकल र रघुरमण न्यौपाने, वरिष्ठ पत्रकार प्रताप विष्ट, वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले लगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*