भुटनदेवी माविमा सिग्देलको नेतृत्व, शैक्षिक गुणस्तरको लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता

स्वर्णिम खबर
६ चैत्र २०८०, मंगलवार १९:१३

६ चैत्र, हेटौँडा । हेटौँडा उपमहानगपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालय(प्राविधिक शिक्षालय) को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन हुनुभएको छ ।
मंगलबार विद्यालयले पत्रकार सम्मेलन गर्दै नयाँ व्यवस्थापन समिति चयन भएको जानकारी गराएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभएका सिग्देल ३ वर्षे कार्यकालको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष सिग्देलले समग्र वडाकै शैक्षिक गुणस्तरका लागि कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


अध्यक्ष सिग्देलले विद्यालयका पूूर्वप्रधानाध्यापक डेन्डीजंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने पहिलो निर्णय समेत गर्नुभएको छ । कोषको रकम मार्फत् गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।
समितिका सदस्यहरुमा गोमा सुनार, दिना श्रेष्ठ, नारायण प्रसाद तिमल्सिना, कृष्ण प्रसाद कँँडेल चयन भएका छन् । त्यस्तै, राजेन्द्र वस्ताकोटी र राधिका चौलागाईलाई सदस्य मनोनित गरिएको छ । विद्यालयमा हाल २ हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*