हेटौंडामा गजल उत्सव सम्पन्न

स्वर्णिम खबर
३ चैत्र २०८०, शनिबार १९:११

३ चैत्र, हेटौँडा । गजल मञ्च मकवानपुरको आयोजनामा शनिबार गजल उत्सव भएको छ ।
उत्सवमा नेपाली गजल यात्रा र गन्तव्यका विषयमा लामो बहस भएको थियो । गजलकारहरु घनेन्द्र ओझा, बाबु त्रिपाठी, शितल कादम्बिनीका बिचमा भएको गजल बहसमा सर्जक सन्जाल मकवानपुरका संयोजक एवं लेखक निमेष निखिलले अविभावकत्व निभाउनु भएको थियो । बहसका क्रममा त्रिपाठी र कादम्बिनी गजल लेख्न चाहनेलाई स्वच्छन्द रुपमा लेख्न दिनुपर्छ भन्ने पक्षमा देखिनुभयो भने ओझा गजल लेखनमा मानक निर्धारण हुनुुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । बहसको अभिभावकत्व निभाउनु भएको लेखक निमेष निखिलले गजल लेख्दै जाँदा समयले मानक निर्धारण गर्ने भन्दै साहित्य सिर्जना महत्वपूर्ण पाटो रहेको बताउनुभयो । गजल वाचन, गायन र बहसमा दीपक गौतकले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा गजलकारहरु घनेन्द्र ओझा, बाबु त्रिपाठी, शितल कादम्बिनी, रुपक बनबासी, पुरुषोत्तम आचार्य, श्यामकुमार बानियाँ, सानु खनाल, यश लामा, भवानी तिमल्सेना, अजर फयाँल, सुवास सजल, धर्मराज स्याङतानले गजल वाचन तथा गायन गर्नु भएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*