दुग्ध किसानलाई रकम भुक्तानी गर्न राप्रपा सांसद सिंहको माग

स्वर्णिम खबर
१८ फाल्गुन २०८०, शुक्रबार १६:५६

१८ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडो भन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्तपीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताउनु भयो । उहाँले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन भनि प्रश्न समेत गर्नुभयो ।
सांसद सिंहले चैत्र १६ गतेदेखि राप्रपाले अवस्था र व्यवस्था परिवर्तनका लागि जनआन्दोलन गर्ने पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*