बिबिएमा उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा मकवानपुर बहुमुखी क्याम्पसले ¥याली निकाल्यो

स्वर्णिम खबर
१६ फाल्गुन २०८०, बुधबार १९:०४

१६ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका –२ स्थित मकवानपुर बहुमुखी क्याम्पस बिबिए पाँचौ सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा हेटौंडा नगर परिक्रमा गरेको छ ।
बिबिए पाँचौ सेमेस्टरमा तर्फको नतिजामा नेपाल टप भएको खुशीयालीमा बुधबार ¥याली निकालिएको हो । बाजागाजा सहित क्याम्पस प्राङ्गणबाट निकालिएको ¥यालीले हेटौंडा बजारको मुख्यभागको परिक्रमा गरेको थियो । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान लगायतकाले टिका खादा लगाएर बधाई दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार बीबीए पाँचौं सेमेस्टरमा मकवानपुर क्याम्पसका ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । नेपाल भरीका बिबिए अध्ययनरत विद्यार्थीमध्ये पहिलो देखि नवौँ स्थान सम्मका विद्यार्थी मकवानपुर बहुमुखी कलेजकै भएको बिबिए बिएम प्रोग्राम डाइरेक्टर मधुकुमार सिंहले बताउनुभयो ।


४ जिपिए ल्याउनेमा इरा लामा, इसा श्रेष्ठ, क्रिस्टीना दाहाल र सैंयद आतिफा हसन र संैयद अफिफा हसन रहेका छन् । परीक्षामा सहभागी सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । क्याम्पसले २०१७ देखि बिबिए कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षकहरको सहयोग आफ्नो लगनशिलताका कारण उत्कृष्ट नतिजा ल्याउन सकेको विद्यार्थी क्रिष्टिना दाहालको भनाइ छ । यस अघि बीबीएम परिक्षामा पनि मकवानपुर बहुमुखी क्याम्पसले नेपाल टप गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*