काँडेतारको पौष २७ गते हेटौंडामा च्यारीटी शो हुने

स्वर्णिम खबर
२४ पुष २०८०, मंगलवार १९:१२

२४ पुुुस, हेटौँडा । सामाना फिल्मस् प्रा.लिको ब्यानरमा निर्मित नेपाली चलचित्र काँडेतारको हेटौंडामा च्यारीटी प्रदर्शन हुने भएको छ ।
पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा चलचित्र काँडेतारको विशेष प्रदर्शन हुन लागेको मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले जानकारी दिनुभयो । च्यारिटी सोबाट प्राप्त रकमा खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुलाई सहयोग गरिने उहाँले बताउनुभयो । देशप्रेमको कथा बोकेको चलचित्रमा नेपालमा खुला सिमाका कारण हुने समस्यालाई उजागर गरिएको निर्देशन खड्काले बताउनुभयो ।
चलचित्रमा सत्यकला राई, मकिको राई र अञ्जु केसीको लगानी रहेको छ । चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्र फागुन २७ गते देशभर प्रदर्शन हुने तयारीमा छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्त कुमार श्रेष्ठ लगायतले शुभकामना राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*