पौष २ र ३ गते हेटौंडा बसपार्कमा घरेलु मेला सञ्चालन हुने

स्वर्णिम खबर
२६ मंसिर २०८०, मंगलवार १६:४९

२६ मंसिर, हेटौँडा । स्थानिय घरेलु उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य सहित हेटौंडा १० बसपार्कमा पौषको २ र ३ गते मेला सञ्चालन हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा घरेलु उत्पादन तथा नृत्य प्रतियोगिता सञ्चालन हुने भएको हो । मंगलबार वडा कार्यालयको आयोजनामा भएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष फुर्वा दोर्जे लामाले उपमहानगर क्षेत्रका १९ वटै वडामा भएको उत्पादनलाई नगरवासी माझ जानकारी गराउँदै प्रवद्धन गर्ने उद्देश्य अनुसार मेला सञ्चालन गर्न लागिएको बताउनुभयो । स्थानिय उत्पालनलाई प्रवद्धन गर्ने, उत्पादित बस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनि आयोजना गरीएको पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिनुभयो । प्रदर्शनीमा स्थानिय जातजातीका भेषभुषा झल्कने नृत्य प्रस्तुत गर्दै संस्कृती संरक्षणमा सहयोग पु¥याउने लक्ष्य वडा कार्यालयको रहेको छ ।


दुई दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा उपमहानगरका १९ वटा वडाको उत्पादन झल्काउका लागि ३० वटा स्टल सहित यस क्षेत्रका कलाकारहरुको नृत्य प्रस्तुत हुने बताइएको छ । प्रदर्शनिको पहिलो दिन उद्घाटन सहित स्थानिय उत्पादनको बजारीकरण र दोश्रो दिन सास्कृतीक कला सहितको नृत्य प्रतियोगिता गरीने पत्रकार सम्मेलनमा वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।


प्रदर्शनीमा निःशुल्क स्टर र नृत्य प्रतियोगितामा सहभागिता खुल्ला गरीएको छ । नृत्य प्रतियोगिता सहभागि हुनेलाई वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा सहभागि हुने मध्य पहिलो हुनेलाई ५० हजार, द्धितिय हुनेलाई ३५ हजार तृतिय हुनेलाई ३० हजार र सन्त्वना पुरस्कार स्वरुप ४ जनालाई ५÷५ हजार रुपियाँ पुरस्कारको व्यवस्थ गरीएको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ मा छुट्याएको ५ लाख रुपियाँ बजेट बाट कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*