नीति, कार्यक्रमको अनुगमन हुन नसक्दा लैगिक हिंसा न्युनीकरण हुन सकेनः सरोकारवाला

नानीमाया सापकोटा
२२ मंसिर २०८०, शुक्रबार १८:४८

२२ मंसिर, हेटौँडा । हिंसाबिरुद्ध राज्यद्धारा निर्धारित नीति र लागु भएका कार्यक्रम पुन मुल्याङकन तथा अनुगमन हुन नसक्दा लैगिक हिंसा न्युनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शुक्रबार गैरसरकारी सँस्था महासँघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा भएको लैगिक हिंसा न्युनीकरणका लागि राज्यको लगानी, नीति कार्यक्रम , प्रभावकारिता र नागरिक समाजको भुमिका शिर्षकमा भएको अन्तरसंवाद कार्यक्रमका सहभागिहरुले राज्यले लक्ष्यित समूहप्रतिको नीति तथा कार्यक्रम कार्यान्वयन कतिको भएंको छ भनेर अनुगमन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् । यस्तै नागरिक समाज तथा समुदायका अगुवाहरुले लैङिगक हिंसाबिरुद्ध स्थानीय, प्रदेश तथा संघीय सरकारसँग पुर्ण समन्वय समेत गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयकी महिला बिकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकारले मन्त्रालयको तर्फबाट प्रदेशका जिल्लाहरुमा भएका लैङ्गिक हिंसापिडित तथा हिंसा बिरुद्धका कार्यक्रमहरुको अवस्था तथ बिनियोजित बजेटबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गैरसरकारी सँस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा मा भएको कार्यक्रममा प्रदेशभित्र कार्यरत विभिन्न सँस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*