राप्तीरोड र संगमचोकमा तिहार विशेष बजार सञ्चालन
२३ कार्तिक, हेटौँडा । हेटौंडाको राप्तीरोड र संगमचोकमा तिहार लक्षित बजार सञ्चालनमा आएको छ ।
तिहारको समयमा हुने भिँडभाडलाई मध्य नजर गर्दै हेटौंडा उपमहानगरपालिकाले तिहार बिशेष बजार सञ्चालनका लागि स्थान तोकेको हो । निश्चित समयका लागि व्यवसायीहरुलाई उक्त स्थानमा बजार सञ्चालन गर्न अनुमति दिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानले जानकारी दिनुभयो । गत वर्ष हेटौंडा अस्पताल बाहिरको खाली जग्गामा तिहार बजार सञ्चालन हुँदै आएकोमा यो वर्षबाट भने संगमचोकमा बजार सञ्चालन गर्न अनुमती दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

स्थान तोकेर नै बजार सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरु पनि खुशी भएका छन् । आगामी दिनमा पनि उपमहानगरले फुटफाटमा व्यवसाय गर्नेहरुलाई थप व्यवस्थित बनाउनुपर्ने व्यवसायीहरुले बताएका छन् ।
तिहार लक्षित बजारमा उपमहानगरले जिल्ला प्रहरी कार्यालय सँगको समन्वयमा सुरक्षाको प्रबन्ध पनि गरेको छ ।














