बागमती प्रदेशमा ४२.५ प्रतिशत कृषक परिवार
२० कार्तिक, हेटौँडा । बागमती प्रदेशका ६ लाख ६८ हजार १ सय ७७ परिवार कृषि कार्यमा लागेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषिगणना, २०७८ को प्रदेशस्तरीय नतिजा अनुसार प्रदेशका घरपरिवारमध्ये ४२ दशमलब ५ प्रतिशत कृषक परिवार रहेको पाइएको हो । प्रदेशको २ लाख ८२ हजार दुई सय ९२ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ । अध्ययनले प्रदेशमा मुख्य बालीको रुपमा मकै लगाउने गरेको पाइएको छ । प्रदेशको १ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरेको पाइएको हो । प्रदेशमा केरा लगाउने परिवारको संख्या सबैभन्दा बढी छ । १ हजार १ सय २० हेक्टरमा केरा लगाउने लगाउने गरेको पाइएको छ । प्रदेशमा उन्नत गाई भैशीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । गाई गोरुको संद्यया ५ लाख ८५ हजार, राँगा–भैंसीको संख्या ४ लाख ५४ देखिएको छ । प्रदेशमा कृषि उत्पादनले वर्षभरी खान पुग्ने परिवारको संख्या ४४ दशमलब १ प्रतिशत छ ।
तथ्यांक अनुसार कृषि बीमा, सरकारी अनुदान बारे किसान अझै पनि अनविज्ञ रहेको देखाएको छ । प्रदेशमा १० दशमलब ३ प्रतिशत किसानले कृषि बीमा गरेका छन् । ८ प्रतिशत किसानले मात्र सरकारी अनुदान लिएका छन् । प्रदेशका कृषि तथा पशुपन्क्षी मन्त्री राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा नतिजा सार्वजनिक गरिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डिल्लिप्रसाद जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।













