मकवानपुर जिल्लामै पहिलो पटक हेटौंडा अस्पतालमा एमआरआई सेवा सुरु हुने
१२ कार्तिक, हेटौँडा । मकवानपुर जिल्लामै पहिलो पटक हेटौंडा अस्पतालमा एमआरआई सेवा सुरु हुने भएको छ ।
बागमती प्रदेश सरकारको १४ करोड रुपैयाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा सुरु हुन लागेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा एमआरआई उपकरण जडान गर्ने काम सुरु भएको छ । कात्तिक महिना भित्रै उपकरण जडान गरी एमआरआई सेवा सुरु गरिने हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडामै एमआरआई सेवा सुरु भएपछि बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने सदस्य चौलागाईले बताउनुभयो । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक र जनशक्ति समेत तयारी अवस्थामा राखिएको हेटौंडा अस्पतालले जनाएको छ । एमआरआई सेवा सुरु भएपछि मकवानपुर सहित मधेस प्रदेशको बारा, पर्सा लगाएतका मानिसहरु लाभान्वित हुने हेटौंडा अस्पतालले जनाएको छ ।













