हेटोंडा अस्पतालमा २५ शैयाको आकस्मिक तथा मनोचिकित्सा वार्डको शुरुवात गरिने

स्वर्णिम खबर
२२ आश्विन २०८०, सोमबार २०:४३

२२ असोज, हेटौँडा । बिश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटोंडा अस्पतालमा २५ शैयाको आकस्मिक तथा मनोचिकित्सा वार्डको शुरुवात गरिने भएको छ ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सोमबार पत्रकार सँग छलफल कार्यक्रम गर्दै मनोचिकित्सा सेवा बिस्तारबारे जानकारी दिएको हो । वार्डको सुरुवात गरिएपनि सेवा सुरु गर्न केही समय लाग्ने प्रतिष्ठानले जनाएको छ । यस्तै प्रतिष्ठानको प्राबिधिक सहयोगमा मानव सेवा आश्रम हेटौंडामा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पूर्नस्थापना केन्द्रको सञ्चालन समेत शुरुवात गरिने प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै हेटौंडा अस्पतालमा प्रदान गरिदै आएको मानसिक रोग बिशेषज्ञ ओपिडी सेवा २ बजेदेखि ५ बजेसम्म विस्तारका लागि तयारी हुँदै गरेको मनोचिकित्सक डाक्टर सुरेन्द्र शेरचनले बताउनुभयो । उहाँले यसबर्षबाट मानसिक रोग बिशेषज्ञ तयार पार्ने शैक्षिक कार्यक्रम समेत सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । कम्तीमा १ जना मनोरोग बिशेषज्ञ सहित जिल्लाभरीका पालिकास्तरमा मानसिक स्वास्थ्य केन्द्र महिनामा एक दिन सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो । स्वस्थ समाज निर्माणका लागि शारीरिक तथा मानसिक स्वास्थ्य दुवैको महत्वपूर्ण भुमिका हुने भएपनि नेपाली समाजमा मानसिक स्वास्थ्यप्रति चासो नदिने प्रचलन भएको हुँदा मानसिक स्वास्थ्यको बिषयमा समस्याहरु बढ्दै गइरहेको छ । यस्ता सेवा बिस्तारले मानसिक स्वास्थ्य सचेतना तथा सेवा दुवैमा योगदान बढ्ने प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*