चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यकः मन्त्री बस्नेत

स्वर्णिम खबर
२० आश्विन २०८०, शनिबार १७:४४

२० असोज, हेटौँडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर —६ मा नवनिर्मित सिद्धस्थली ग्रामिण सामुदायिक अस्पताल भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि ऐन संशोधन आवश्यक रहेको औंल्याउनुभयो । मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न हालको ऐनमा भएका कमि कमजोरी संशोधन गर्नुपर्ने बताउनुभयो । ऐन संशोधनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र ऐन संशोधन प्रक्रिया अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।


स्वास्थ्य मन्त्री बस्नेतले जनतामा सहज स्वास्थ्य सेवा पु¥याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । भौतिक संरचना निर्माण, स्वास्थ्य सामग्रीको व्यवस्थापन, स्वास्थ्य बीमा सुधार र आवश्यक दरवन्दी थप गर्न सरकार गम्भिरतापूर्वक लागिरहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा दरबन्दी कम भएकाले सोचे अनुरुपको सेवा प्रवाह भने गर्न नसकिएको मन्त्री बस्नेतले स्वीकार गर्नुभयो ।


स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सक माथि आक्रमणका घटना बढीरहेको प्रति मन्त्रालय गम्भीर रहेको बताउनुभयो । हेटौंडा उपमहानरपालिकाबाट १५ सैयाको अनुमती लिएर ५ कारोड लागतमा निर्माण भएको अस्पताललाई निकट भविष्यमा ५० बेडमा बिस्तार गर्ने लक्ष्य रहेको सिद्धस्थली ग्रामीण अस्पतालका अध्यक्ष अवन गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*