ढकाल समाज प्रतिष्ठानको जिल्ला भेला सम्पन्न

स्वर्णिम खबर
१० आश्विन २०८०, बुधबार १८:५५

१० असोज, हेटौँडा । नेपाल ढकाल समाज प्रतिष्ठानको जिल्ला भेला बुधबार सम्पन्न भएको छ ।
केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कुल देव तथा इष्ट देवको तनँहु जिल्लाको देवघाटमा मन्दिर निर्माणको लागि सबै ढकाल बन्धहरु एकजुट हुनुपर्ने केन्द्रिय अध्यक्ष ढकालले बताउनुभयो । देवघाटमा प्रतिष्ठानले खरिद गरेको ६ रोपनी जग्गामा मन्दिर, आश्रम निर्माण गरिने भएको छ । जिल्ला अध्यक्ष पुरुषोत्तम ढकालको सभापतित्वमा रहेका कार्यक्रममा केन्द्रिय सदस्य कृष्णप्रसाद ढकाल, सानीमैया ढकाल, प्रदेश कमिटी सदस्य प्रकाश ढकाल, सनत ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*