एक हजार ५५ बोतल अवैध मदिरा बरामद, ५ जना भारतीय नागरिक पक्राउ

मनिल महतो
७ आश्विन २०८०, आईतवार १७:२९

७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले भारत लैजान लागेको अवस्थामा अबैध मदिरा बरामद गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नेपालको बाटो प्रयोग गर्दै भारततर्फ निकासी गर्न लागिएको विभिन्न ब्रान्डका एक हजार ५५ बोतल मदिरा बरामद गरेको हो । हेटौंडा– १५ स्थित रातोमाटेबाट डीएल २ सीएके १३९० र डीएल २ सिएके ७२७३ नम्बरको भारतीय गाडीबाट मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । प्रहरीले मदिरा ओसार पसारमा संलग्न ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालको बाटो प्रयोग गरी भारत बिहारमा मदिरा लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

बरामद मदिरा र गाडी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले चोरीको मोटरसाईकल सहीत सर्लाही, बरथहवा नगरपालिका वडा नम्बर ३ मुर्तिया बस्ने वर्ष ३८ का दुर्गा बहादुर स्याङतानलाई पक्राउ गरेको छ । स्याङतानले असोज—५ गते हेटौंडा १० टिसिएन रोडमा पार्किङ गरिराखेको बागमती प्रदेश ०३–००१ प ३४५९ नम्बरको एमटी १५ मोटरसाईकल चोरी गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*