डिलक्स युनिसेक शैलुन तथा पार्लर सञ्चालनमा आउने

स्वर्णिम खबर
४ आश्विन २०८०, बिहीबार १८:३५

४ असोज, हेटौँडा । हेटौंडा ४ अजर अमररोड स्थित सुबिधा सम्पन्न डिलक्स युनिसेक शैलुन तथा पार्लर सञ्चालनमा आउने भएको छ ।
डिलक्स शैलुन तथा पार्लरका सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले बिहिबार पत्रकार सम्मेलन गर्दै यस बिषयमा जानकारी दिनुभएको हो । यस सैलुन तथा पार्लरमा कपाल, छाला, नङ लगायतका महिला तथा पुरुषका सुन्दरताका सबै काम अत्याधुनिक प्रबिधिबाट गरिने सञ्चालकहरुले जानकारी दिएका छन् । यस्तै यहाँको फरक बिशेषता भनेको सेवाग्राहीको स्वास्थ्यलाई ध्यान दिदै हरेक सामग्रीहरु प्रयोगपछि पुन प्रयोग गर्नूअघि सरसफाइ गरिने सञ्चालकको दाबी छ । ६० लाख रुपैयाँ लगानीमा खोलीएको शैलुन तथा पार्ललमा १२ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको अर्का सञ्चालक हुमागाईंले बताउनुभयो ।


यस शैलुनमा एकैपटक ८ जनाले हेयर कटिङ सेवा लिन सकिनेछ । त्यसैगरी ब्युटीपार्लरमा पनि एकै पटक ३ जनालाई राखेर सेवा दिन सकिने यहाँका सिनियर हेयर स्टाइलिस राजेश ठाकुरले बताउनुभयो । यस शैलुन तथा पार्लरमा स्पेन तथा पेरीसका सामानहरु प्रयोग गर्ने तथा स्थानीय कम गुणस्तरीय सामग्रीको प्रयोगलाई बन्देज गरिने उहाँहरुले बताउनुभयो ।


त्यसैगरी व्युटीपार्लरमा भारतको नयाँ दिल्लीबाट आउनु भएकी बन्दना सिंहले व्युटीसियनको काम गर्ने हुनु भएको छ । एड्भान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*