हेटौंडामा ९ सय १९ किलो गाँजा बरामद
३१ भाद्र, हेटौँडा । सशस्त्र प्रहरी बलको टोलीले हेटौँडामा ठुलो परिणाममा गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १४ नम्बर गण, हेड क्वार्टरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नंबरबाट लागु औषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो । पक्राउ पर्ने गाँजा सहित भारत बलरामपुर विर्तापुरका चालक दुलारे यादब र सहचालक योगेश बर्मा रहेको मकवानपुरका प्रमुख एसपी अनिल कार्कीले जानकारी दिनुभयो । ट्रकको भित्री भागमा २ फिटको फल्स बटन बनाई गाजा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको उहाँले बताउनुभयो । उक्त ट्रक भारतबाट मकै लिएर चितवन आएको ट्रक मकै अनलोड पछि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताउनुभयो ।
पक्राउ परेका व्यक्ति, बरामद गाजा र ट्रक नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।













