सुनका गरगहना चोरी गर्ने गिरोह नै पक्राउ, अपहरणको नाटक गर्ने पनि प्रहरीको फन्दामा

स्वर्णिम खबर
१० भाद्र २०८०, आईतवार १७:५७

१० भाद्र, हेटौँडा । मकवानपुर प्रहरीले सुनका गरगहना तथा नगद रकम चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै चोरीको घटनामा संलग्न ४ जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका ७ का भिमलाल लामा, सोही स्थानका वर्ष २८ का प्रदिप तामाङ, वर्ष २९ का आकाश तामाङ रहेको मकवानपुरका प्रमुख सिताराम रिजालले जानकारी दिनुभयो । उनीहरुले हेटौंडा–९ लामसुरे धापकी सुसिला साउदको घरबाट ५ लाख ३२ हजार बराबरको सुनका गरगहना, नगद रकम चोरी गरेका थिए । चोरीका गरगहना खरीद गर्ने काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित रितु सुनचाँदी पसलका संचालक राजेन्द्र रसाइलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले प्रदेश ०२– ०२८– प २४२२ नम्बरको २०० सिसिको पल्सर मोटरसाईकल, बीलबुक, मोवाईल ४ थान, सुनको गरगहना र नगद २४ हजार बरामद गरेको प्रमुख रिजालले बताउनुभयो ।


चोरीमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले अपहरणको नाटक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । आफै लुकिछिपि बसी अपहरणमा परेको नाटक गर्ने राक्सिराङ ८ का कुमार प्रजालाई पक्राउ गरिएको प्रहरी प्रमुख रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*