खोलाको जोखिमका क्षेत्रमा तटबन्धन गर्न सांसद् बर्तौलाको माग

स्वर्णिम खबर
२७ बैशाख २०८०, बुधबार १७:०८

२७ वैशाख, हेटौँडा । नेकपा एमालेका सचेतक एवम् मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाले तटबन्धन निर्माण गर्नका लागि संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसद् बर्तौलाले वर्षायाम सुरु भइसकेकाले मकवानपुरमा खोलाको जोखिमका क्षेत्रमा तटबन्धन गर्न माग गर्नुभयो । यसैगरी उहाँले हेटौंडाको लालझाडी देखि त्रिवेणीधाम हुँदै मनहरीको लोथर सम्म राप्ती नदि नियन्त्रणको लागि बनेको बृहत गुरुयोजनामा समेत सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद बर्तौलाले मातातिर्थ देउराली चखेल बाटोको निर्माण कार्यमा भएको ढिलासुस्तीको बारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
४ पटक म्याद थपेर काम सम्पन्न हुन नसकेको उक्त सडकको जेष्ठमा चौथो पटक थपिएको म्याद सकिदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*